बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबार दिन आज सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १८.०३ अंकले बढेर २ हजार २९ दशमलब ४३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा १ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज व्यापार र म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार आएको छ ।
आज कारोबार भएकामध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९८.६० रुपैयाँ कायम भएको छ भने इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य पनि ९.६२ प्रतिशतले बढेर प्रतिकित्ता ७७४ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सानीमा लार्ज क्याप फण्ड र कुमारी इकयुटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया