सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा साउन ६ गते आह्वान

सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा साउन ६ गते आह्वान


बैकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा साउन ६ गते गर्ने भएको छ ।

कम्पनीले सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे गर्ने जानकारी दिएको हो । विशेष साधारण सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगी नियामकीय निर्देशन तथा समयानुकूल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौटलगायत सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।