बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल फाइनान्स लिमिटेडले असार १७ गतेदेखि २४ गतेसम्म विक्री निष्कासन गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले आज (साउन २ गते) एक सूचना जारी गर्दै हकप्रद शेयर बाँडफाँट गरेको जानकारी गराएको हो ।
कम्पनीले गत जेठ ६ गतेदेखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको ११ लाख ३६ हजार कित्ता तथा सर्वसाधारण समूहको ३ लाख २ हजार कित्ता हकप्रद शेयर असार १७ गतेदेखि २४ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई उक्त हकप्रद शेयर बाँडफाँट गरिएको कम्पनीको भनाई छ । कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । यो शेयर विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पुरा गरेको छ ।
उक्त बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरिएको बैंक खाता नम्बरमा साउन २ गते (आज) देखि जम्मा गरिने विक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।
प्रतिक्रिया