बैकिङ्ग समाचार, काठमाडौं ।
बरुण हाइड्रोपावर कम्पनीकोे शेयरमूल्य आइतवार नेप्सेमा समायोजन भएको छ । नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको हो ।
समायोजन पछिको कम्पनीको प्रतिकित्ता शेयरमूल्य रू. २७१ दशमलव ५० कायम भएको छ । सोही मूल्यलाई आधार मानेर सोमवार कम्पनीको शेयर कारोबार खुल्नेछ । आइतवारको अन्तिम शेयरमूल्य रू. ४४३ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
प्रतिक्रिया