नयाँ सारथी लघुवित्तको १९% बोनस शेयर नेप्सेमा सूचीकृत

नयाँ सारथी लघुवित्तको १९% बोनस शेयर नेप्सेमा सूचीकृत


बैकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले गत वैशाख १० गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित गरेको १९ प्रतिशत बोनस शेयर वापतको ४ लाख ८४ हजार ४१२ दशमलव ६० कित्ता शेयर साउन १ गते नेप्सेमा सूचीकृत गराएको हो ।

साउन २ गतेदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।