नेप्सेले रोक्का गर्यो प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको शेयर कारोबार

नेप्सेले रोक्का गर्यो प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको शेयर कारोबार


बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

यी दुई कम्पनीले एकापसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेपछि नेप्सले शेयर कारोबार रोक्का गरेको हो । दुई कम्पनीले  असार ३२ गते एकापसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सोही कारण दुबै कम्पनीको शेयर कारोबार साउन १ गतेदेखि रोक्का भएको हो ।