निरन्तर उकालो लागिरहेको नेप्से सामान्य अंकले वृद्धि भई बन्द भयो, कारोबार रकम डेढ अर्ब नजिक

निरन्तर उकालो लागिरहेको नेप्से सामान्य अंकले वृद्धि भई बन्द भयो, कारोबार रकम डेढ अर्ब नजिक

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
केहि दिनदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर उकालो लागिरहेको छ । यस साताको कारोबारको अन्तिम दिन आज शुक्रबार पनि नेप्से सामान्य अंकले बढेको हो । नेप्से आज ७.९३ अंकले बढेर २  हजार ९ दशमलब ४६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १४.७१ अंकले बढेर २ हजार १ दशमलब ५३ विन्दुमा बन्द भएको थियो ।     

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार २ अर्ब ४१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका ७२ कम्पनीको शेयरमूल्य बढेको छन् भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छन् । यसमध्ये पनि आज ७ म्युचल फण्ड कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज ग्रीन लाइफ हाइड्रोको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको भएको छ । यसको आज १९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।