दोहोरो अंकले बढेर २ हजारको बिन्दुमाथि पुग्यो नेप्से, करिब साढे २ अर्बको कारोबार

दोहोरो अंकले बढेर २ हजारको बिन्दुमाथि पुग्यो नेप्से, करिब साढे २ अर्बको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार दोहोरो अंकले बढेको छ । नेप्से आज १४.७१ अंकले बढेर २ हजार १ दशमलब ५३ विन्दुमा बन्द भएको हो । बुधबार ५९.५४ अंकले बढेर १  हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्सेमा आज २ अर्ब ४१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका ११६ कम्पनीको शेयरमूल्य बढेका छन् भने ५५ वटा कम्पनीको शेयरमूल्य घटेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनआइबीएल प्रगती फण्डको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

नेप्सेका अनुसार आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको भएको छ । यसको आज ३० करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।