साउनमा पनि बैंकहरुको ब्याजदर नबढ्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुले साउन महिनाको लागि पनि ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले साउन महिनाको लागि ब्याज दर नबढाउने सहमति गरेको हो ।

कार्यसमितिका एक सदस्यले भने 'साउनमा ब्याज नबढाउने सहमति भएको छ, अहिले कै ब्याजदरले निरन्तरता पाउने छ ।' 

फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले त्यस यता चैत्र, बैशाख, जेठ र असारको लागि ब्याजदर स्थिर राखेका थिए । अब साउनमा पनि ब्याज नबढ्ने भएको हो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने सार्वजनिक कार्यक्रममा पटक पटक ब्याजदर बढ्नु पर्ने र ब्याजदर बढाउनु पर्ने बाध्यता रहेको बताउदै आएका छन् ।