नेप्सेमा छायो हरियाली, करिब ६० अंकले बढेको बजारमा २ अर्बको कारोबार

नेप्सेमा छायो हरियाली, करिब ६० अंकले बढेको बजारमा २ अर्बको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर १ हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ११.४७ अंकले बढेर १ हजार ९ सय २७ दशमलब २८ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्सेमा २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १ अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, सिइडीबी हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिटिजन्स म्युचुअल फण्ड, नबिल ब्यालेन्स फण्ड, कुमारी इकयुटी फण्ड, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, ग्रिनलाइफ हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।   

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यसको आज ९ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।