सिद्धार्थ बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबल कारमा १०% सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबल कारमा १०% सम्मको छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रा.लि. बीच बैंकका ग्राहकहरुलाई केबल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कार प्रा.लि. का तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अन्नपूर्ण केबल कार प्रा. लि. मा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग गरी केबल कारको टिकट खरिद बापत १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।