ग्लोबल आइएमई लघुवित्तद्धारा १५ लाखको छात्रवृत्ति वितरण

ग्लोबल आइएमई लघुवित्तद्धारा १५ लाखको छात्रवृत्ति वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । यही असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका छन् । 

कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जहेन्दार विधार्थीहरुलाई जनही ३० हजारका दरले जम्मा १५ लाख छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ । 

वित्तीय संस्थाले ग्राहक संरक्षण कार्यक्रम मार्फत सदस्यका छोरा छोरीहरु तथा गरिव जेहन्दार विधार्थीहरुको शिक्षालाई प्रोत्साहित गर्न यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइएको छ । यस अघि समेत विभिन्न विधालयमा शैक्षिक साम्रगी वितरण, स्वच्छ पिउने पानीको लागि फिल्टर  सरसफाईका साम्रगी वितरण जस्ता कार्य समेत संस्थाले गरिसकेको छ । 

संस्थाको ११९ वटा शाखा कार्यालयमा, १ लाख ४७ हजार भन्दा बढि सदस्य तथा ऋणी ७५ हजार ५ सय भन्दा बढि रहेका छन् । ८ अर्ब ५० करोड कर्जा लगानी गरेको संस्थाको मुख्य व्यवसाय अधिकृत यतिराज पौडेलले जानकारी दिए ।