सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा जाने सम्झौता, शेयर काराेबार राेक्का

सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा जाने सम्झौता, शेयर काराेबार राेक्का


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्स र रिलयान्स लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको छ ।

आज बुधबार बिहान दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रारम्भिक सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट सञ्चालक घनश्याम थापा र रिलाइन्स लाइफको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका हुन् ।  

हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।

दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्ज भए चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
यद्यपी दुबै कम्पनीको डिडिए पछि मात्रै स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ ।

दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले शेयर काराेबार पनि राेक्का गरेकाे छ ।