सनराइज बैंकद्धारा भक्तपुरमा निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर आयोजना


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक लिमिटेडको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा संभावित रोग समयमै पहिचान गरि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यले जानकारी दिए । उक्त कार्यक्रम भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा श्री वरदायणी आधारभुत विद्यालयको प्राङ्गण, भगवतीस्थानमा गरिएको थियो ।

असार २३ र २५ गते दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब १२० जना स्थानीय महिला सहभागी भएका थिए । सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको छ । बंैकले केही समय अगाडी पनि नेपाल मधुमेह समाज सँगको सहकार्यमा काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको थियो ।

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च उपलब्ध गराइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु. १०,००० सम्म र अस्पताल भर्ना र OPD खर्च गरी रु. १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।