बैंकिङ्ग समाचार, काठमाडौं ।
गत साता बैंकिंङ प्रणालीमा निक्षेप बढेको छ भने कर्जा प्रवाह घटेको छ । अघिल्लो साताको तुलनामा गत साता कमर्शियल बैंकहरुको निक्षेप बढेको र कर्जा घटेको नेपाल बैंकर्स संघ, एनबिएले जनाएको छ ।
बैंकर्स संघकाअनुसार असार १७ गतेदेखि असार २४ गतेसम्म कमर्शियल बैकहरुको निक्षेप ६२ अर्बले बढेको छ भने यस अवधिमा कर्जा प्रवाह १० अर्बले घटेको छ ।
यस अवधिमा निक्षेप ६२ अर्बले बढेर ४४ खर्ब ३२ अर्बबाट ४४ खर्ब ९४ अर्ब पुगेको छ भने कर्जा लगानी १० अर्बले घटेर ४१ खर्ब ८४ अर्बबाट घटेर ४१ खर्ब ७४ अर्ब कायम भएको छ ।
असार महिना लागेपछि बाणिज्य बैंकहरुको निक्षेप ९४ अर्बले बढेको छ । जेठ ३१ गते बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब रहेकोमा असार २४ गतेसम्ममा निक्षेप बढेर ४४ खर्ब ९४ अर्ब पुगेको छ ।



About Us
प्रतिक्रिया