नेपाल हाइड्रो डेभलोपरको स्थगित विशेष साधारण सभा भोली बस्दै

नेपाल हाइड्रो डेभलोपरको स्थगित विशेष साधारण सभा भोली बस्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष सधारण सभा बुधवार हुने भएको छ ।

कम्पनीले सभा रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । विशेष साधारण सभाले नियमावलीको नियम २३ संशोधन गर्ने र कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै पनि फरेबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

यसभन्दा अगाडि कम्पनीको विशेष साधारण सभा असार १३ गते हुने भनिएकोमा गणपुरक संख्या नपुगी स्थगित भएको थियो । कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि असार २ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।