बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभ्ने/गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर वराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने भएको छ ।
हाल सिद्धार्थको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ छ भने प्रिमियरको एक अर्ब २२ करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।
त्यस्तै, प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फवाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरु एवम् वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया