नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट भयो सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सोमबारबाट सुरु भएको छ । मर्जरपश्चात बैंकहरुले एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेको थिए, सोहि अनुसार बैंकहरुले एकीकृत कारोबार थालेका हुन् । गत जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो भने एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभेको हो । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बनेका छन् । दुइ बैंक गाभिएपछि चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।