श्वेत गंगा हाइड्रोपावरको आइपिओ साउन ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने

श्वेत गंगा हाइड्रोपावरको आइपिओ साउन ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समुह तर्फको २३ लाख ८९ हजार ५०० कित्ता मध्ये ५ प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

कम्पनीले छिटोमा साउन ८ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा साउन १८ गतेसम्म निष्काशन गर्न सक्नेछ । लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले रामेछाप जिल्लामा २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।