सबैको लघुवित्तद्धारा जेष्ठ नागरिक आश्रमलाई सहयोग

सबैको लघुवित्तद्धारा जेष्ठ नागरिक आश्रमलाई सहयोग


बैंकिङ्ग समाचार, काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्थाको धमिलिकुवा शाखाले जेष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ ।

संस्थाको छौठौं वार्षिकोत्सवको अवसरमा धमिलिकुवा शाखाले लायन्स सर्बाेदय जेष्ठ नागरिक आश्रममा रहेका बाबा आमालाई फलफूल वितरण गरेको हो ।

लमजुङको राइनास नगरपालिका ८ हराबोर्टमा रहेको उक्त आश्रममा हाल १२ जना बृद्धबृद्धाले आश्रय लिएका छन् ।

लघुवित्तले हाल विभिन्न जिल्लाका ९० शाखाबाट ७४ हजार बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । उक्त संस्थामा हाल ४ अर्ब ४१ करोड लगानी, १ अर्ब ३२ करोड बढी बचत रहेको छ भने संस्थामा हाल ३४९ जना कर्मचारी रहेका छन् ।