बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंकले किर्तीमानी सगरमाथा आरोहीलाई सम्मान गरेको छ । २६ औं पटक सगरमाथाको सफल आरोहण सम्पन्न गरेर विश्व किर्तीमानी राख्न सफल भएका आरोही कामिरिता शेर्पालाई बैंकले सम्मान गरेको हो ।
शेर्पाले २६ औं पटक सगरमाथा आरोहणका क्रममा बैंकको लोगो सगरमाथाको चुचुरोमा पुर्याएका थिए । उनलाई बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।
किर्तीमानी आरोही शेर्पा लुम्बिनी बैंकमा दुई दशकदेखि निरन्तर रुपमा सहयात्री बनी आवद्ध रहेको बैंकले जनाएको छ ।
बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको छ ।



About Us
प्रतिक्रिया