बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार उच्च अंकले वृद्धि भएको छ । यसअघि १८ सय विन्दुमा झरेको नेप्से आज फेरि बढेर २ हजार विन्दुमा पुगेको हो । आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७ दशमलब ६४ विन्दुमा पुगेको हो । बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२ दशमलब ७१ विन्दुमा पुगेर बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये १५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आँधिखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, सुर्योदल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार ग्लोबल आईएमई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया