गभर्नरसहित वाणिज्य बैंकका सीइओहरुकाे टोली शुक्रबार पोखरा जाँदै

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतसहितकाे टोली पोखरा जाने भएकाे छ ।

आगामी आर्थिक वर्षकाे मौद्रिक नीति तथा नेपालको आफ्नै डिजीटल करेन्सी बनाउने लगायतका विषयमा छलफल गर्ने उद्धेश्यसहितको बारेमा छलफल गर्न गभर्नर सहितको टोली पोखरा जान लागेको बताइएको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पोखरामा उक्त विशेष छलफल कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा बैंकरका तर्फबाट डिजिटल करेन्सीका बारेमा समेत कार्यपत्र प्रस्तुत हुनेछ भने बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गभर्नर अधिकारीलाई सुझाव पनि दिने भएका छन् ।

सो कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारी, डेपुटी गर्भनरहरु बमबहादुर मिश्र, निलम ढुंगाना तिम्सिना र अधिकाशं कार्यकारी निर्देशकलगायत राष्ट्र बैंकका उच्च अधिकारीहरुको सहभागिता रहनेछ ।

यतिबेला नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ । यही महिनाको अन्तिममा मौद्रिक नीति ल्याउने तयारी केन्द्रीय बैंकको छ । यसले गर्दा मौद्रीक नीतिमा बैंकरको समेत सुझाव लिनका लागि पोखरामा कार्यक्रम आयोजना गरिएको हाे ।

यस पटकको मौद्रिक नीतिलाई सबै क्षेत्र, वर्गले तीब्र प्रतिक्षा गरिरहेका छन् । अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको दवाब, उच्च शोधनान्तर घाटा, व्यापार असन्तुलन, तरलताको चरम अभावलगायतका समस्याले अर्थतन्त्रमा परेको भ्वाङलाई टाल्ने गरी राष्ट्र बैंक कसिलो मौद्रिक नीति ल्याउने तयारीमा छ । यही कारणले पनि पोखरामा राष्ट्र बैंकका अधिकारीहरु र सीईओहरुको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।