जनउत्थान सामुदायिक लघुवित्तको २५% बोनस शेयर हितग्राही खातामा जम्मा

जनउत्थान सामुदायिक लघुवित्तको २५% बोनस शेयर हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीको एघारौं साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदादेखि अभौतिक रुपमा शेयर धारण गरेको शेयरधनीहरुलाई असार १४ गतेदेखि हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।

साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले सो संस्थाको शेयर अभौतिकीकरण भएपश्चात मात्रै स्वतः शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने लघुवित्तले जनाएको छ ।