शत प्रतिशत हकप्रद निष्काशन गर्न बरुण हाइड्रोपावरलाई बोर्डको अनुमति

शत प्रतिशत हकप्रद निष्काशन गर्न बरुण हाइड्रोपावरलाई बोर्डको अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ बराबर १ अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

कम्पनीको हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।