बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ दशमलव ५० प्रतिशत बोनश शेयर समायोजन गरेको हो ।
समायोजनपछिको कम्पनीको प्रतिकित्ता शेयर मूल्य ३७६ रुपैयाँ २६ पैसा कायम भएको छ । नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिनको शेयर मुल्य ४१२ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।
सोही मूल्यलाई आधार मानेर आज कम्पनीको शेयर कारोबार खुलेको छ ।
प्रतिक्रिया