नबिल बैंकको २८ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडको २८ हजार ५८९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ । बैंकले सर्वसाधारण व्यक्ति तथा संस्थालाई सो मात्राको सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गर्दा निवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिन ( असार १५ गतेपछिको ७ दिन) भित्रमा बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।