बैंकिङ्ग समाचार, काठमाडौं ।
मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले गत शुक्रबार एक कार्यक्रम आयोजना गरी नाम्दु–६, वैतेश्वर, दोलखा स्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको उपस्थितिमा शैक्षिक सामग्रीहरु वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको छ ।
चालु आर्थिक वर्षमा नै आईपीओ निष्काशन गरेको संस्थाले देशभरी ३४ शाखाहरुबाट १४८ कर्मचारीमार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया