एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन्स टिकट बुकिङमा २०% ‘क्यास व्याक’

एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन्स टिकट बुकिङमा २०% ‘क्यास व्याक’


बैंकिङ्ग समाचार, काठमाडौं ।
डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले NIC ASIA MoBank प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप NIC ASIA MoBank मार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा २०% वा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्नेछन् ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकहरूलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई iServe मार्फत अघि बढाईरहेको छ । 

जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाईन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, आइपिओ आवेदन लगायतका सुविधाहरू ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।