बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबिचमा मर्जरको सहमति भएको छ । दुबै कम्पनीले आज साँ झ पाँचतारे होटलमा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरेका छन् ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने एक कम्पनीका उच्च अधिकारीले जानकारी दिए ।
बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरका लागि लगातार दवाव दिए पछि सूर्या लाइफ र ज्योति लाइफ मर्जरको सहमति नजिक पुगेका हुने । मर्जरका लागि अधिकांश विषयहरुमा सहमति भइसकेको छ ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भयो भने ४ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।
बीमा समितिले चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको थियो । समितिले जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब तोकेको छ । बीमा समितिले बढाएको चुक्ता पूँजी जुटाउनका लागि हकप्रद शेयर निष्काशन गर्न नपाउने भन्दै आएको छ । कम्पनीहरुलाई केहि रकम नपुग हुँदा हकप्रद शेयर निष्काशन गर्न दिइने तर शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न भने नदिइने समितिको रणनीति रहेको छ ।
यस भन्दा अगाडी युनियन, प्राइम लाइफ र गुराँस लाइफविचमा मर्जरको सहमति भैसकेको छ । मर्जरको सहमति भए पनि यि कम्पनीहरुले आन्तरिक रुपमा आवस्यक प्रकृया भने अगाडी बढाउन सकेका छैनन् ।
प्रतिक्रिया