अपर हेवाखोला हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले जेठ १० गतेदेखि २४ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि ५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर विक्री गरेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा सम्पूर्ण कित्ता आईपीओ असार १० गते बाँडफाँट गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरेको उक्त कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । दोस्रो चरणमा कम्पनीका कर्मचारीसहित सर्वसाधारणमा १५ लाख कित्ता शेयर जारी गर्नेछ ।

हाल संस्थापकतर्फ ६० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर बाँडफाँट गरेको छ भने सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको छ । कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ ।