नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत

नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्जमा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत भएको छ । नेपाल राष्ट्र बैंकले निष्काशन गरेको कुल ३५ अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

२०८१ “ङ” नामक विकास ऋणपत्र दुई वर्षको लागि १० अर्ब बराबरको, २०८१ “च” नामक विकास ऋणपत्र दुई वर्षको २ अर्ब बराबरको र २०८३ “छ” नामक विकास ऋणपत्र चार वर्षको लागि १५ अर्ब गरेर कुल ३५ अर्ब विकास ऋणपत्र सूचिकृत भएको हो ।

राष्ट्र बैंकले २०८१ “ङ” नामक विकास ऋणपत्र वार्षिक ९ दशलमव १४ प्रतिशत ब्याजदरमा जेठ ६ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८१ जेठ ६ गते हुनेछ । त्यसैगरी २०८१ “च” नामक विकास ऋणपत्रको वार्षिक ९ दशलमव १३ प्रतिशत ब्याजदरमा जेठ १३ गते निष्कासन भएको थियो ।

ऋणपत्रको साँवा भुक्तानी २०८१ जेठ १३ गते हुनेछ । त्यसैगरी २०८३ “छ” नामक ऋणपत्रको वार्षिक ९ दशमलव २० प्रतिशत ब्याजदरमा जेठ २५ गते निष्काशन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ २५ गते हुने जनाएको छ ।