बैंकिङ्ग समाचार, काठमाडौं ।
ङादी ग्रुप पावर लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट असार ९ गते स्वीकृती पाएको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रू. ७० करोड ३९ लाख को १५० प्रतिशतले आउने प्रतिकित्ता रू. १ सय अंकित दरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया