बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेड द्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गत NEPAL PAY QR लाई आफ्नो मोबाईल बैंकिङ्ग (KS iMobile) मा एकीकृत गरिएको छ ।
बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट Nepal Pay QR का मर्चन्टहरुलाई KS iMobile को QR Scanner बाट सीधै रकम भुक्तानी गर्न मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।
यससँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध QR Payment प्रयोग गरी नेपाल पे क्युआरका मर्चन्टहरुलाई रकम भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया