सिटिजन्स बैंककाे शाखारहित बैंकिङ्ग सेवा उदयपुरकाे तोरिबारीमा विस्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको तोरिबारीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेका छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।