नेष्डो समृद्ध लघुवित्तको साधारणसभा असार ३१ गते आह्वान, लाभांश नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्द लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ९ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय कुश्मा, पर्वतमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको असार २३ गतेदेखि असार ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा असार २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । आईपिओ बाँडफाँड हुने दिन कम्पनीका कम्पनीका प्रबन्ध संचालक विश्व प्रकाश प्रसाईंले कम्पनीको हालको वित्तीय अवस्था अनुसार कम्पनीले १०० प्रतिशत लाभांश दिन सक्ने क्षमतामा रहेको बताएका थिए । सबै प्रोभिजन गर्दा पनि १०० प्रतिशत लाभांश दिन सकिने उनको भनाई थियो ।  तर कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन र दुई सञ्चालकहरूको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । 

नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य गर्ने तयारी गरेको कम्पनीले अध्यक्ष तथा सञ्चालकको बैठक भक्ता तथा अन्य सुविधाहरू एवम् दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको पारिश्रमिक तथा अन्य सुविध बृद्धि गर्ने विषय पनि सभामा छलफल हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर तथा प्राप्तीमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।