सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले भक्तपुरका विभिन्न ५ संस्थाको सेवामा विशेष छुट पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा यस वैंकद्वारा भक्तपुरको विभिन्न पाँच संस्थाको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारीक व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग र त्तच् प्रयोगकर्ताहरुले उल्लेखित विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैकका ग्राहकले भक्तपुरको केयर हेल्थ पोलिक्लिनिकमा ५ देखि ५० प्रतिशत, आर्याशु ओरल डेन्टल क्लिनिकमा १५ देखि २० प्रतिशत, बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा ८ प्रतिशत, जय श्री सिद्धगणेशमा स्विमिङ्ग पुलमा ३० प्रतिशत र बि एण्ड बि टपरीमा ५ देखि ७ प्रतिशत छुट पाउनेछन् ।

यस बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।