बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ बिमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।
एनएलजी इन्स्योरेन्सको १२ लाख ६ हजार १३.०५ किता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै प्रभु इन्स्योरेन्सको पनि १२ लाख ७८ हजार ९२.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
दुबे कम्पनीको बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया