प्रोग्रेशिभ फाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

प्रोग्रेशिभ फाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत चैत १६ गते सम्पन्न वार्षिक २५औं वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा पठाएको हो ।

२०७८ पुस १८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा भएको कम्पनी जानकारी दिएको छ । कम्पनीले उक्त मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा पनि क्रमश : बोनस शेयर जम्मा हुने बताएको छ ।

साथै कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेको भए आफ्नो शेयर अभौतिकीकरण गर्न पनि भनेको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।