बैंकिङ्ग समाचार, काठमाडौं ।
आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा २६६ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार बिहान १० बजेसम्ममा १४ लाख ७२ हजार ३४५ वटा आवेदन मार्फत १ करोड ६६ लाख ९५ हजार ७५० कित्ता सेयर खरीदका लागि माग भएको छ । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्या (६२ हजार ६१५ कित्ता) को २६६.६४ गुणा बढी हो ।
लघुवित्तले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुको लागि तथा ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता साधारण सेयर सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आइतबार (असार ५ गते) कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
असार १ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सेयरमा छिटो अवधिमा नै सर्वसाधारण आवेदकहरुबाट माग गरे भन्दा बढि सेयर खरीदका लागि आवेदन प्राप्त हुन आएकोले असार ५ गते बैंकिङ्ग समय पश्चात् सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया