बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड संम्पन्न, १ लाख ३६ हजार ५०० ले पाए १० कित्ता

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड संम्पन्न, १ लाख ३६ हजार ५०० ले पाए १० कित्ता


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार ३ गते शुक्रबार बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा भएको हो ।

कम्पनीको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट १ लाख ३६ हजार ५०० जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

कम्पनीले जेठ २० गते शुक्रबारदेखि २५ गतेसम्म प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता बिक्रीमा ल्याएको थियो । जारी सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईलाई बाँडफाँड गरी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

आईपीओमा आवेदन दिएकामध्ये १७ लाख ८९ हजार १५७ जना आवेदकबाट २ अर्ब १ करोड ३९ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ३९ हजार १९० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्या १३ लाख ६५ हजार कित्ताको १४.७८ गुणा हो ।