कुमारी धनवृद्धि योजनाको इकाइ बाँडफाँड

कुमारी धनवृद्धि योजनाको इकाइ बाँडफाँड


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी धनवृद्धि योजनाको इकाइ बाँडफाँड भएको छ । कुमारी क्यापिटलको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत संचालन भएको यस इकाइ योजना शुक्रबार बाँडफाँड भएको हो ।

कम्पनीले १२ करोडको इकाइको लागि जेठ १२ गतेदेखि जेठ २६ गतेसम्म आवेदन खुला गरेको थियो । कम्पनीले १२ करोड २५ लाख ७ हजार २५९  इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत विजपूँजी कुमारी बैंकलाई बाँडफाँड गरेको छ ।

क्यापिटलले आवेदन दिने १ लाख ३९ हजार १३९ जना मध्ये रितपुर्वक आवेदन दिने आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरेर दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द गर्ने गरेको छ ।