बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको हो । बैंकले उक्त ऋणपत्रको बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निष्काशन गरिने छ ।
काठमाण्डौें, धर्मपथ स्थित मुख्य कार्यालय रहेका नेपाल बैंक लिमिटेडले देशका ७ वटै प्रदेशमा आफ्नो शाखाहरु विस्तार गरी उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।



About Us
प्रतिक्रिया