बैंकिङ्ग समाचार, काठमाडौं ।
असार महीनादेखि आइतवारदेखि शुक्रवारसम्म शेयर बजार खुला हुने भएपछि आज पहिलो शुक्रवार २ घन्टाको लागी बजार खुल्ने भएको छ । आइतवारदेखि शुक्रवारसम्म बजार खुलेसँगै धितोपत्र दोस्रो बजार ६ कारोबार दिन हुने भएको हो ।
नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असार १ गतेबाट आइतवारदेखि बिहीवारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ बजेसम्म बजार खुल्ने निर्णय भएको थियो । यसै अनुसार असार महिनाको पहिलो शुक्रवार आज ३ गते पनि ११ बजे देखि १ बजेसम्म शेयर बजार खुल्ला हुनेछ ।
यस आधारमा सार्वजनिक बिदाको दिन र शनिवार बाहेक बजार खुला हुनेछ । सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
त्यसपछि बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुँदै आएको थियो । आइतवारको सार्वजनिक हटेसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया