काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मिति २०८१ मंसिर १३ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सिईओमा नियुक्त खड्काले शपथ ग्रहण गरी कार्यभार प्रारम्भ गरेका छन् । सिईओ खड्काले शपथग्रहण गर्दैपदभार ग्रहण गरेका छन् । यही मंसिर १२ गते नियामक नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै खड्काले आइएमई लाइफको सिईओ बन्न पुगेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत खड्कासँग आइएमई लाइफ पूर्व नेपाल लाइफ, तत्कालिन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जर पश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्चव्यवस्थापकिय पदसहित प्रमुख कार्यकारि अधिकृत र बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्यअनुभव रहेको छ । खड्कासँग बीमा , जलविधुत तथा सिमेन्टे क्षेत्रको कार्यअनुभव रहेको छ । खड्कासँग ए।सि।सि।ए। सयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन बिश्वबिध्यालयबाट स्नात्तकोत्तरको शौक्षिक योग्यता रहेको छ ।
प्रतिक्रिया