शुक्रवार पनि शेयर बजार खुल्ने, कारोबार समय २ घन्टा

शुक्रवार पनि शेयर बजार खुल्ने, कारोबार समय २ घन्टा


बैंकिङ्ग समाचार, काठमाडौं ।
असार महीनादेखि आइतवारदेखि शुक्रवारसम्म नै शेयर बजार खुला हुने भएको छ । आइतवारदेखि शुक्रवारसम्म बजार खुलेसँगै धितोपत्र दोस्रो बजार ६ कारोबार दिन हुने भएको छ ।

नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असार १ गतेबाट आइतवारदेखि बिहीवारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ बजेसम्म बजार खुल्ने निर्णय भएको जानकारी गराएको छ । यसै अनुसार असार महिनाको पहिलो शुक्रवार भोली ३ गते पनि ११ बजे देखि १ बजेसम्म शेयर बजार खुल्ला हुनेछ ।

यस आधारमा सार्वजनिक बिदाको दिन र शनिवार बाहेक बजार खुला हुनेछ । सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

त्यसपछि बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुँदै आएको थियो । आइतवारको सार्वजनिक हटेसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने निर्णय गरेको हो ।