शिखर इन्स्योरेन्सको ३०% हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

शिखर इन्स्योरेन्सको ३०% हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिदिएको छ । 

कम्पनीले २०७८ चैत १ गतेदेखि चैत २१ गतेसम्म निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा पठाएको हो । २०७८ माघ २० गते अभौतिकीकरण गराएका शेयरधनीको हकमा उक्त हकप्रद शेयर हितग्राही खातामा जम्मा भएको जानकारी दिएको छ । 

साथै सो मिति पछि शेयर अभौतिकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुने जानकारी दिएको छ । 

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई आफ्नो हकप्रद शेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर नेप्सेमा जेठ २७ गते शुक्रबार सूचिकृत भईसकेको छ ।