कुमारी बैंकका ग्राहकले ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलमा विशेष छुट पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्यले तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरे । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।