बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १०% को छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १०% को छुट

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबलकार प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड Swipe तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबलकारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकियनगरी पोखरामा रहेको यस अन्नपूर्ण केबलकार प्रा.लि. ले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।