ग्लोबल आइएमई बैंकको लाजिम्पाटमा नयाँ कर्पोरेट कार्यालय बन्दै

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा नयाँ कर्पोरेट कार्यालय भवन निमार्ण गर्ने भएको छ ।

बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटिसँग सम्झौता गरेको छ । उक्त सम्झाैतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रा. लि.का प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।